सेलिब्रेटी शोमा ‘पिताम्बर’को तारिफ
सेलिब्रेटी शोमा ‘पिताम्बर’को तारिफ
चलचित्र ‘पिताम्बर’लाई सेलिब्रेटीहरुले हेरेका छन् । मंगलबार साँझ सिटी सेन्टरको बिग मुभिजमा चलचित्र हेर्न पुगेका अधिकांश कलाकर्मीले निर्देशक कृषा चौलागाईको काम मन पराएका छन् ।
अभिनेता केदार घिमिरेले चलचित्र हेरेपछि राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने – ‘एकदम राम्रो लाग्यो । सबैजनाको अभिनय एकदम जोडदार छ । एक्सन हेर्यो त्यस्तै छ । निर्देशकिय पक्ष पनि राम्रो छ । यो त्यो नभनौँ । कलाकार त एक ट्रक नै हुनुहँदो रहेछ । सबैको काम एकदम राम्रो लाग्यो ।’ यस्तै उनकी श्रीमती तथा कलाकार सीतादेवी तिमिल्सेनाले पनि सबै पक्ष राम्रो लागेको बताईन्। केदारसँगै प्रतिक्रिया दिने क्रममा उनले भनिन् – ‘एकदम राम्रो छ । हाम्रो देशमा भएको घटनाहरु हो । जस्तो एकल महिलालाई भएको समस्याहरु उठान गरेको रैछ राम्रो लाग्यो ।’
अष्ट्रेलिया लामो समय बसेर नेपाल फर्किएका अभिनेता तथा निर्देशक सोभित बस्नेतले पनि चलचित्रको तारिफ गरे । उनले अष्ट्रेलियामा हुँदा पनि हेरेको र आज पनि चलचित्र दोहोर्याएर हेरेको बताए । चलचित्र हेरेर निस्किदा निकै उत्साहित रहेका बस्नेतले भने – ‘यो चलचित्रमा सबै पक्षको काम राम्रो छ । कलाकारहरुले एकदमै राम्रो काम गरेको छ । सौगात मल्ल, प्रमोद अग्रहरीलाई त सलोट नै मन मन लागेको छ ।’ उनले निर्देशकिय पक्षको समेत तारिफ गरेका छन् ।
हालै आफ्नै निर्देशनमा चलचित्र ‘परान’को छायांकन सकाएर काठमाडौ फर्किएका दीपक आचार्य (काकु) पनि चलचित्रको तारिफ गरेर थाकेनन् । उनले भने, ‘कृषाजीको हिम्मत, आँटलाई मैले माने । हामीले सलाम गर्नेपर्छ । यो लेबलको एक्सन मुभि सायदै नेपालमा पहिलो पटक बनेको जस्तो लाग्यो ।’ उनले चलचित्रका फाइट निर्देशक, क्यामेरामेनको समेत खुलेर प्रशंसा गरे । हास्य अभिनेता राजाराम पौडेल समेत चलचित्र हेर्न हलमा पुगेका थिए । उनले पनि निर्देशक कृषा कै तारिफ गरेर । उनी भन्छन्, ‘अति राम्रो चलचित्र बनाउनु भएको रहेछ कृषाजीलेृ, उहाँको हिम्मत आँटलाई पनि मान्नुपर्छ।’ सबै कलाकारले उतिकै मात्रामा काम गरेको उनको भनाई छ।
चलचित्रमा सौगात मल्ल,सुरक्षा,प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि,कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराईलगायतको अभिनय रहेको छ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा कृषा चौलागाईंको निर्देशन छ । विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता र सुमन गौतम कार्यकारी निर्माता रहेका छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
