‘ए मेरो हजुर ४’को गीत ‘फूलको थुङ्गा’ सार्वजनिक
चलचित्र ‘ए मेरो हजुर ४’मा समाबेश ‘फूलको थुङ्गा’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा चलचित्र ‘ए मेरो हजुर’को गीत ‘फूलको थुङ्गा’को हुक लाइनलाई नै लिएको छ ।
सार्वजनिक गीतमा कल्याण सिंहको संगीत, रबि मल्लको शब्द र सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । हुक लाइनको क्रेडिट भने ओरिजिनल श्रष्टालाई नै दिइएको छ । ‘ए मेरो हजुर’को गीत ‘फूलको थुङ्गा’मा स्वर्गिय शिब रेग्मीको शब्द र समिर हिमालको संगीत रहेको थियो ।
अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको चलचित्र आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने छ ।
झरना थापाको निर्देशन रहेको चलचित्रमा झरना थापा र स्वर्गिय छेतन गुरुङको कथा, झरना थापा, स्वर्गिय छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व र मित्र डी गुरुङको सम्पादन रहेको छ ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रेयर राई, रबी गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
