‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘मैजारो’ सार्वजनिक
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘मैजारो’ सार्वजनिक भएको छ । विहिाबर सार्वजनिक गरिएको गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ ।
गीतले मुख्य पात्रको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ । भिडियोमा प्रमुख कलाकार विजय बराल, अञ्जना बराइली र बलाकलाकार स्वायम् केसीको अभिनय रहेको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
