पल शाह बिरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा
एक नाबालिगलाई करणी गरेको आरोप लागेका पल शाह बिरुद्ध बलात्कार मुद्धामा अभियोगपत्र दायर भएको छ । सरकारी वकिल कार्यलयले जिल्ला अदालत नवलपुर (नवलपरासी पूर्व)मा बिहिबार शाह बिरुद्ध अभियोगपत्र दायर भएको हो ।
शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीले जानकारी दिएका छन् ।
घट्ना घटेको दिन नाबालिगको उमेर १५ वर्ष ल८ महिना ४ दिन पुगेको देखिएको छ । जसका कारण शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
यस्तै उनले कसूर गरेको भनिएको दफा २१९ को १ र २ मा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
७ चैत २०७७ मा शाहले आफूलाई नवलपरासी पूर्वको एक रिसोर्टमा बलात्कार भएको दावी गर्दै नाबालिगले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा जाहेरी दिएकी थिइन् ।
यसअघि उनले आफूमाथि बलात्कार भएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहबिरुद्ध जाहेरी दिएकी थिइन ।
अहिले जिल्ला प्रहरी कार्यालय तनहुँले हिरासतमा राखेर शाह बिरुद्धको उजुरी माथी अनुसन्धान गरिरहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
