‘रावायण’को छायाँकनका क्रममा पल घाइते

२०८१ जेष्ठ २
‘रावायण’को छायाँकनका क्रममा पल घाइते

चलचित्र ‘रावायण’को छायाँकनका क्रममा पल शाह घाइते भएका छन् । सर्लाहीमा जारी छायाँकनको क्रममा एक्सन दृष्य खिच्दै गर्दा उनको हातमा हातमा चोट लागेको हो ।

घाइते शाहलाई स्थानिय अस्पतालमा उपचार गरिएको छ । हातमा केही थान टाका लगाइएको र अबको केही दिन उनले एक्सन दृष्य गर्न नसक्ने समेत बुझिएको छ ।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा श्री श्रेष्ठले द्वन्द्व निर्देशन गरिरहेका छन् । चलचित्रले भदौको २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

LPT
Gaun Aayeko Bato