पलले सार्वजनिक गरे ‘पुजार सार्की’का दुई तस्विर, वृद्ध उमेरमा प्रहरीसँग मुठभेड
चलचित्र ‘पुजार सार्की’ रिलिजको दुई दिन अगाडी यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन् ।
मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा उनी वृद्ध अवस्थामा देखिएका छन् । पल र प्रहरी मुठभेड देखिएको छ । पक्राउ गर्न खोजिरहेको देखिन्छ। यो तस्बिरबाट ‘पुजार सार्की’को कथा वर्तमान समयसम्म आइपुगेको अनुमान गर्न सकिन्छ । पलको फोटोलाई उनका फ्यानहरूले उत्सुकताका साथ प्रतिक्रिया दिइरहेका छन् ।
फोटो सार्वजनिक गर्दै पलले लेखेका छन्, “चलचित्र ुपुजार सार्कीु रिलिज हुन अब मात्र दुई दिन बाँकी छ । मेरो करिअरमा महत्त्वपूर्ण चलचित्र “पुजार सार्की” साबित हुनेमा म ढुक्क छु । मैले केही दिन अगाडी पनि भनेको थिएँ की म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ुपुजार सार्कीुको प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन । मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरूले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु । थुप्रै सञ्चारमाध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु । चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडी उपस्थित हुन सकेको छैन । मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।”
उनले लेखेका छन्, “आज मैले ुपुजार सार्कीुमा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु । यो तस्बिरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ ।”
उनले “जेठ १० गते, यही बिहीबार, बुद्ध जयन्तीको दिन देखि हल हलमा नै भेटौँ है” भन्दै हलमा दर्शकलाई आह्वान गरेका छन् । अन्त्यमा पलले आफूलाई ‘पुजार सार्की’को पात्र मेघराज खत्रीको रूपमा चिनाएका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
