चलचित्र ‘कल्ली’ निर्माणको घोषणा, पल र बेनिशाको मुख्य भूमिका

चलचित्र ‘कल्ली’ निर्माणको घोषणा गरिएको छ । लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने चलचित्रमा पल शाह र बेनिशा हमालको मुख्य भूमिका रहने छ ।
मंगलबार निर्माणपक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभुती हुने निश्चित छ । एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ ।
नायक पल शाह र नायिका बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । नयाँ बर्षको छेको पारेर चैत्रको २९ गतेबाट चलचित्र प्रदर्शन गरिने समेत निर्माण पक्षले जनाएको छ ।
किरण नेपालीको प्रस्तुति रहने चलचित्र रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुनेछ । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रका निर्माण प्रमुख सुरज आचार्य हुन् ।
तिहारपछि शुरु हुने चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न स्थानमा गरिने निर्देशक सुनारले जनाएका छन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal