‘पसिना’को पोस्टर सार्वजनिक
चलचित्र ‘पसिना’को पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७६ को अवसर पारेर चलचित्रको तिन वटा पोस्टर सार्बजनिक गरिएको हो ।
मजदुरहरुको कथा व्यथा समेटिएको चलचित्रको सार्बजनिक पोस्टरमा कलाकारहरु गौरव पहाडी, अनु शाह र सरोज खनाललाई मुख्य स्थान दिइएको छ ।
आर. बि खत्री ‘शरद’ले निर्देशन गरेको चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, रवि गिरी, ध्रुब कोइराला, शारदा गिरी, सुरजनी केसीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।
बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal