‘परिवर्तन’को पोस्टर रिलिज, माघ ९ मा प्रदर्शन हुने
दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को पोस्टर रिलिज गरिएको छ । निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै माघ ९ (जनवरी २३)लाई प्रदर्शन मिति समेत तोकेको छ।
पोस्टरमा देखिएअनुसार फिल्ममा मुख्य अभिनेता सुशील श्रेष्ठ प्रस्तुत भएका छन् । जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ । उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ । सस्पेन्स र एक्सन मिश्रित कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत पोस्टरमै देखिन्छ ।
ब्याकग्राउण्डमा उनले केहि नेता जस्ता मान्छेहरुलाई रोक्ने या सम्झाउदै गरेको पनि देखिन्छ । यो हेर्दाखेरि देशको सीमानाको विषयमा लडाइँ परेको हो की भन्ने अनुमान गर्न सकिन्छ । खासमा के भएको हो भन्नका लागि यसको टिजर र ट्रेलरको प्रतिक्षा गर्नुपर्ने हुन्छ । पोस्टरमा देखिए अनुसार अभिनेता सुशीलको अहिलेसम्म कै बबाल एक्सन फिल्ममा रहेको छ भनेर बुझ्न सकिन्छ । फिल्मको एक्शन निर्देशन श्री श्रेष्ठले गरेका छन् ।
विजय केरुङले निर्देशन गरेको फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ । फिल्ममा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारहरूको मुख्य भूमिका छ । फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
