लघु चलचित्र ‘परिवार’ को प्रिमियर
अमेरिकाबाट निर्माण गरिएको नेपाली लघु चलचित्र ‘परिवार’ को प्रिमियर शो गरिएको छ । अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले यो चलचित्रलाई अमेरिकाको ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारेका हुन् । चलचित्रको प्रिमियर शो पनि आईतबार बेलुका केन्टकी स्थित ल्याक्सिनटन सिटीमा गरिएको छ ।
सम्राट क्रियसनको आयोजना तथा सम्राट कियसनका अध्यक्ष सम्राट दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै चलचित्र निर्देशक सुमन दाहालले भने,‘मैले जानेको कुरा भनेकै चलचित्र कर्म भएकाले अमेरिकामा रहेर पनि विभिन्न चलचित्र निर्माण गर्दै आएको छ । मुलत बिदेशमा बसेका नेपालीहरुको परिवारको एकताका लागि चलचित्र परिवार निर्माण गरेको हुँ ।’ प्रिमियर शोमा सबैबाट राम्रो प्रतिक्रिया पाउँदा आफु उत्साहित भएको उनले बताए । यो चलचित्रलाई अब विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सबमा प्रदर्शनी गरिने पनि निर्देशक दाहालले जानकारी गराएका छन् ।
एनआरएनले आईसिसी अमोरिका रिजनका डेब्युटी रिजनल कोअर्डिनेटर पुरूषोत्तम बोहोराको विशिष्ट अतिथ्यतामा सम्पन्न लघु चलचित्र परिवारको प्रिमियर शोमा एनआरएनको तर्फबाट शशी अधिकारी, एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशव लोहोनी, अन्तर्राष्ट्रीय कलाकार समाज अमेरिका केन्टकी च्याप्टर अध्यक्ष अर्जुन थापा, स्थानीय नेपाली सामाजिक संस्था एन्का अध्यक्ष थिरलाल अर्याल स्थानीय सामाजिक संस्थाका पूर्व नेत्रित्वकर्ता राम खनाल, मोहनी डुम्रे, प्रवासी नेपाली मंच अमेरिकाका उपाध्यक्ष गोपाल कंडेल, स्थानीय सामाजिक संस्थाका पूर्व उपाध्यक्ष बाबुराम अधिकरीले यो चलचित्र हेरेपछि फिल्म परिवारले परिवारमा एकता र सुख शान्तिको सन्देश दिएको बताए ।
प्रिमियर शोमा चलचित्रको परिवारको बारेमा चलचित्रकर्मी प्रकाश शर्मा, संगीतकर्मी चुडामणी अवस्थी, लोक गायिका नर्मदा खरेल, सम्झना अधिकारीले पनि अमेरिकामा बसेर पनि सुमनले निमै राम्रो नेपाली चलचित्र निर्माण गरेको प्रतिक्रिया दिए ।
इश्वर प्रवासीले कथा लेखेको यो चलचित्रको पटकथा, सम्वाद रवी अर्यालले तयार गरेका हुन् । जसमा अंग्रेजी सब टाइटल सरोज प्याकुरेलको छ । यसमा अक्की शर्माको छायाँकन, रेनिश फागोको रंग संयोजन, एलिस कार्कीको पाश्व संगीत, मुकेश शाहको मिक्सिङ र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
चलचित्रमा वसुन्धरा भुषाल, एकनारायण सुवेदी, मन्दिरा दाहाल, डि डि कौशिक, ईश्वर प्रवासी, सविता चौलागाई, रबी कोईराला, सन्दिप अर्याल, आयुश ढुङ्गेललगायतको मुख्य भूमिका रहेको छ ।
चन्दा दंगालले निर्माण गरेको यो चलचित्रको सह निर्माता डि डि कौशिक हुन् । चलचित्रलाई सुमन दाहालले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण सहयोगीमा पुर्ण गौतम (इरिन इन्स्योरेन्स), मेलिस ज्वेलर्स रहेको चलचित्रको प्रिमियर शोमा जानकारी गराईयो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
