कृषाको निर्देशनमा ‘पारस’ निर्माणको घोषणा
चलचित्र ‘पारस’ निर्माणको घोषणा गरिएको छ । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
कृषा चौलागाइँको निर्देशन रहने चलचित्रमा उनकै भाई बिशाल चौलागाइँको लगानी रहने छ । कृषाकै कथा रहने चलचित्रमा सचिन लदियाको लेखन र पुरुषोत्तम प्रधानको छायाँकन रहने जनाइएको छ ।
केपी फिल्मस्का व्यानरमा निर्माण हुने चलचित्रको छायाँकन फागुनबाट शुरु हुने जानकारी दिइयो । कार्यक्रममा निर्देशक कृषाले चलचित्र एक्सनका साथै लभ स्टोरी हुने बताइन् । हाल लेखन कार्य चलिरहेको भन्दै उनले चलचित्रको बारेमा विस्तृत जानकारी केही समय पछि दिइने जनाइन ।
कार्यक्रममा निर्देशक कृषाको जन्मदिन समेत सेलिब्रेसन गरिएको थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
