Harsh
PR Banner

माउथ पब्लिसिटीको प्रभाव, बढ्यो ‘परान’को शो

२०८२ कार्तिक १८
माउथ पब्लिसिटीको प्रभाव, बढ्यो ‘परान’को शो

बलियो वर्ड अफ माउथका कारण चलचित्र ‘परान’को शो बढेको छ । कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको चलचित्रले बुधबार १ सय ३२ शो प्राप्त गरेको छ ।

पहिलो दुई दिन उत्साहजनक व्यापार गर्न नसकेको ‘परान’ले रिलिजको छैटौं दिन सम्म आइपुग्दा प्रदर्शनरतः नेपाली तथा विदेशी चलचित्रहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको हो । यो समाचार तयार पार्दासम्म चलचित्रले देशभर १ सय ३२ शो पाएको छ । दोश्रो स्थानमा अनमोल केसीको ‘जेरी अन टप’ले १ सय १९ शो प्राप्त गरेको छ ।

हाल नेपाली हलहरुमा ‘परान’ सहित ‘जेरी अन टप’, वरिष्ठ बलराम, मैझारो गरी कुल ४ वटा नेपाली चलचित्र प्रदर्शनरत छन् । यो समाचार तयारपार्दासम्म ‘मैझारो’ ४ शोमा सीमित भएको अवस्था छ भने ‘वरिष्ठ बलराम’ले २१ वटा शो पाएको छ । यो खल्ति एपबाट तयार पारएको तथ्याङ्क हो ।

यस्तै विदेशी भाषाका चलचित्रहरुले पाएको शो संख्या पनि निक्कै कम  छ । बाहुबलीले ४७ शो पाएको छ भने थामा १३ र कान्तारा–२ले ६ शो पाएका छन् ।

दिपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको चलचित्रमा निर शाह, मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, अन्जना बराइली, महेश त्रिपाठी, पुजा चन्दलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।