‘परान’को बुकिङ खुल्यो, पारिवारिक दर्शक तान्ने अपेक्षा

२०८२ कार्तिक १३
‘परान’को बुकिङ खुल्यो, पारिवारिक दर्शक तान्ने अपेक्षा

चलचित्र ‘परान’को बुकिङ खुला भएको छ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदै गरेको चलचित्रले देशभर उत्साहजनक शो पाएको छ ।

बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रले हालसम्म ६४ भन्दा बढी शो पाएको छ । आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने सम्भावना छ । चलचित्रले भावनात्मक पारिवारिक कथा भन्ने जनाइएको छ । यसअर्थ चलचित्रले पारिवारिक दर्शकहरु तान्ने अपेक्षा निर्माण टिमको छ ।

चलचित्रलाई दीपक प्रसाद आचार्य (काकु)ले निर्देशन गरेका हुन् । आचार्यको डेब्यू निर्देशन रहेको चलचित्रमा वरिष्ठ अभिनेताहरूलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रमा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन् ।

चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्य चलचित्रका निर्माता हुन् । चलचित्रका गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको संगीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन्। चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, मित्र डि. गुरुङको सम्पादन, र सुनिल क्षेत्रीको कोरियोग्राफी छ । अजय उपाध्याय चलचित्रका कार्यकारी निर्माता हुन् ।