वर्कसप जुटे ‘परालको आगो’का कलाकार

२०८२ भाद्र २
वर्कसप जुटे ‘परालको आगो’का कलाकार

चलचित्र ‘परालको आगो’को कलाकारहरु वर्कसप जुटेका छन् । लक्ष्मण सुनारको निर्देशन रहने चलचित्रको वर्कसपमा चलचित्र प्रायः सबै कलाकारहरु सहभागी देखिएका छन् । 

वर्कसपमा कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने लगायत सहभागी छन् । उनीहरू आफ्नो चरित्रलाई थप जीवन्त बनाउन अभ्यास गरिरहेका छन्।

यस्तै निर्माता सुशील पोखरेल र पटकथा लेखक सुशील देवकोटा पनि वर्कसपमा उपस्थित छन् । निर्माता पोखरेलले चलचित्रलाई उत्कृष्ट बनाउन आफू प्रत्यक्ष रूपमा संलग्न भएको बताए । 

नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’मा आधारित भएर चलचित्र निर्माण हुनेछ ।

चलचित्रको छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दीका बभिन्न स्थानमा हुने जनाइएको छ । संकल्प भुजेलको छायांकन रहने चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, सुलक्षण भारतीको स्क्रिप्ट डक्टोरिङ, सुशील देवकोटाको पटकथा, सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द, र शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत रहने छ ।