सुजाता र हरिको ‘पाइएन ओखति दिल दुखेको’

२०७९ पौष ३०
सुजाता र हरिको ‘पाइएन ओखति दिल दुखेको’

लोक शैलीमा आधारित गीत ‘पाइएन ओखति दिल दुखेको’ सार्वजनिक गरिएको छ । सुजाता केसी र हरि गिरी बिमर्सिको स्वर रहेको गीतमा हरिकै शब्द र संगीत रहेको छ ।

शुशिल शर्माले निर्माण गरेको गीतको भिडियो सुजाता केसीको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा काजिसका साथै लोमश शर्मा, करिश्मा ढकाल  आभा थापाको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् ।