अस्करले घोषणा गर्यो तेस्रो संस्करणको युवा छोटा चलचित्र प्रतियोगिता
अस्कर इन्टरनेशनल कलेजले तेस्रो संस्करणको युवा छोटा चलचित्र प्रतियोगिताको घोषणा गरेको । कलेजले बुधबारबाट छोटा चलचित्र मेकरलाई सहभागिताका लागि आव्हान गरेको हो ।
प्रतियोगितामा २० वर्षभन्दा मुनिका युवा–युवतीहरुले निर्माण गरेका छोटा चलचित्रले सहभागिता जनाउन पाउनेछन् । छोटा चलचित्रहरु कम्तिमा ८ मिनेट र बढीमा १५ मिनेट हुनु पर्ने शर्त राखिएको छ । भदौ ६ गते शुक्रवारसम्म आवेदन बुझाई सक्नुपर्ने समय सीमा तोकिएको छ भने भदौ १३ गते उत्कृष्ट चलचित्रको प्रदर्शनीसँगै विजेताहरू घोषणा तथा पुस्कार वितरण हुने कलेजले जनाएको छ ।
प्रथम हुनेले एक लाख रुपैयाँ, दोस्रोले पचास हजार रुपैयाँ तथा तेश्रो हुनेले २५ हजार रुपैयाँ पाउने छन् भने सान्त्वना पुरस्कारसहित सबै पुरस्कार पाउने चलचित्रकर्मीले यदि कलेज भर्ना हुने ईच्छा देखाएमा पचास प्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराउने जनाइएको छ ।
युवा पुस्तालाई चलचित्र निर्माणमा उत्प्रेरित गर्न तथा विभिन्न नयाँ प्रतिभाहरूलाई पहिचान गर्न वर्षेनी प्रतियोगिता आयोजना हुँदै आएको कलेजले जनाएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
