गौरव र नम्रता अभिनित ‘नम्बरी सुन’ साउन २५ मै रिलिज हुने
चलचित्र ‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि भदौ १ गते रिलिज हुने भनिएको चलचित्र अब भने साउन २५ गते नै रिलिज हुने भएको छ ।
निर्माण टिमले चलचित्रका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो ।
राजु गिरीको निर्देशन रहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।
नारायण खातीको गीत, कथा तथा प्रस्तुति रहेको चलचित्र सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । शिवम अधिकारीको पटकथा तथा संवाद रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् । चलचित्रका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर छ ।
चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन र राकेश दाहालको पोस्टर डिजाइन छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
