‘नम्बरी सुन’को शिर्ष गीत सार्वजनिक

२०८० जेष्ठ १
‘नम्बरी सुन’को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘नम्बरी सुन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार संघिय राजधानीमा आयोजित एक कार्यक्रमका बीच लोक शैलीको गीतमा राजेश पायल राई र शान्तिश्री परियारको युगल स्वर, नारायण खातीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा मुख्य कलाकारद्वय अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता श्रेष्ठसहित राजाराम पौडेल, बुद्धि तामाङ र विनोद न्यौपाने गरेका छन् ।

राजु गिरीको निर्देशन रहेको चलचित्रका प्रस्तुतकर्ता नारायण खाती हुन् । खातिकै कथा रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन रहेको छ । 

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् । चलचित्र भाद्र १ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।

गीत सार्वजनिक कार्यक्रमका प्रस्तुतकर्ता नारायण खातीले निर्देशक राजु गिरीलाई खुकुरी अंकित नम्बरी सुन उपहार स्वरुप प्रदान गरेका छन् । चलचित्रका लागि राजुले गरेको मेहनतको सम्मान स्वरुप उक्त उपहार प्रदान गरेको खातिले जनाए ।