‘नम्बरी सुन’ले सुन बनाउनेको इतिहास बोल्ने खनालको भनाई
अभिनेता सरोज खनाल भोलिबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’मा मुखिया चरित्रमा देखिँदैछन् । उनको अनुभवमा ‘पञ्चायत’, ‘मोदीबेनी’मा निभाएका यस्तै चरित्र भन्दा ‘नम्बरी सुन’को चरित्र फरक छ ।
‘नम्बरी सुन’मा मेरो युवावस्थादेखि वृद्धावस्थासम्मको गेटअप छ । अघिल्ला चलचित्रमा मलाई बुढो मुखियाका रुपमा देखाइएको थियो । तर नम्बरी सुनमा फरक युवा गेटअपमा देखिन्छ’, सरोज भन्छन् ।
‘नम्बरी सुन’मा आफ्नो चरित्र क्रुर नभएको सरोजको भनाई छ । ‘मेरो क्यारेक्टर सुरुमै क्रुर छैन । चलचित्रमा मुखियाको एउटा मायालु परिवार छ । उसले परिवारसँगै गाउँका सबैलाई माया गर्छ । चलचित्रले सुन बनाउन आउनेको इतिहास बोल्छ । सुन बनाउने कामको सुरुवात मेरै घरबाट हुन्छ’, सरोज भन्छन्, ‘विस्तारै कथा अगाडि बढ्दै गएपछि समय र परिस्थितिले उसलाई केही क्रुर पनि बनाउँछ । चलचित्रमा म कमलो हृदयको मान्छे पनि छु । ट्रेलरमा हेर्नुभयो होला कि म ३,४ ठाउँ नराम्ररी रोएको छु । क्रर मान्छे त्यसरी कहिल्यै पनि रुँदैन ।’
सरोजका अनुसार ‘रियल’मा आफू मुखिया जस्तो नदेखिए पनि ‘रिल’मा भने त्यस्तो क्यारेक्टर निभाउँदा उनलाई मज्जा लाग्दो रहेछ । ‘कलाकारको पहिचान भनेकै त्यही हो । अब जस्तो देखिन्छु, त्यस्तै देखाउनु, त्यस्तै गर्नु, अथवा मलाई सजिलो हुने जनराको चलचित्रमात्रै मैले गर्नु भनेको त म कलाकार नै होइन नि’, उनी भन्छन् ।
सरोजको अनुभवमा उनीसँग कतिपय निर्देशक रिसाएका रहेछन् । ‘म काम गरेको हिसाबले न्याय दिने कोशिस गर्छु । कति निर्देशक मसँग रिसाउनु पनि हुन्छ । यो मान्छेलाई लियो भने त्यहाँ ओभरटेक गर्न खोज्छ भन्ने उहाँहरुको बुझाई छ’, सरोज भन्छन्, ‘हामी भलै क्यारेक्टर रोल गरिरहेका छौं, तर त्यो क्यारेक्टर यस्तो क्योक्टर हो, जसले मेन क्यारेक्टरलाई बुस्ट अप गर्छ । हामी नभई त्यो मान्छे चलचित्रको मेन क्यारेक्टर हुनै सक्दैन । हामी लुज भयौं भने चलचित्र पुरै लुज हुन्छ । चलचित्रमा काम गरेको झण्डै ४० वर्ष भइसक्यो । कस्तो गर्दा राम्रो हुन्छ भनेर कसैले सल्लाह लिनुहन्छ भने दिइन्छ । हैन ‘मेरै गोरुको बाह्रै टक्का’ भन्ने निर्देशक पनि हुनुहुन्छ, उहाँहरुले जे भन्नुुन्छ त्यो पनि गर्दिन्छु ।’
सरोजलाई चलचित्र ‘पञ्चायत’ बिग्रिएकोमा धेरै चित्त दुखेको रहेछ । ‘केही चलचित्र व्यापक तरिकाले खिच्न पाएको भए अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ । यसमा पञ्चायत पनि पर्छ । यो चलचित्र बिग्रिएकोमा सधैं चित्त दुख्छ । किनभने त्यस्तो क्यारेक्टर सितीमिती पाइँदैन । त्यस्तो चलचित्र बन्दैनन् । चलचित्र निर्देशक शिवम अधिकारीले अलिक गम्भीर रुपले बनाइदिनुभएको भए त्यो चलचित्र एउटा ‘कोशेढुंगा चलचित्र’ बन्थ्यो’, सरोज गुनासिन्छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
