सकियो ‘नम्बरी सुन’को छायाँकन
चलचित्र ‘नम्बरी सुन’को छायाँकन सकिएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्रको छायाँकन ३१ दिनमा सकिएको हो ।
७० बर्ष पुरानो कथा भएकाले चलचित्रको छायाँकन काठमाडौं सहित लम्जुङको भुजुङ्ग गाउँमा छायाँकन गरिएको चलचित्रका कथाकार तथा प्रस्तुतकर्ता नारायण खातीले बताएका छन् । चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपालीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन रहेको छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
