चलचित्र संघद्वारा सेभेन सिजका चलचित्रमाथी प्रतिबन्ध
नेपाल चलचित्र संघले ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनी सेभेन सिज सिनेमालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै संघले सेभेन सिजले पटक पटक आफ्ना सदस्यमाथी लगाएका आरोपबारे आफ्नो धारणा स्पष्ट नपारेसम्म उक्त कम्पनीले निर्माण वा वितरण गर्ने कुनै पनि आफ्ना सदस्यहरुले प्रदर्शन नगर्ने संघले घोषणा गरेको छ । साथै सेभेन सिजले आफ्ना सदस्यहरुको पटकपटक मानमर्दन गर्ने कार्य गरेकोमा खेद प्रकट गरेको छ ।
निर्माण कम्पनीले यसअघि बिज्ञप्ती जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गर्ने निर्णय गरेको थियो । वितरकले सम्झौता विपरित भन्दै निर्माताको निर्णय अस्विकार गरे पछि चलचित्रको प्रदर्शन नियमित छ । त्यही बिज्ञप्ती समेतका सम्बन्धमा संघले आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ । बिज्ञप्तीमा भनिएको छ – ‘चलचित्र घरमा प्रदर्शकले चलचित्र बितरक मार्फतमात्र चलचित्र प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था गरेको छ । यो नियमले चलचित्र प्रदर्शकको चलचित्र व्यवसायको सरोकार चलचित्र बितरकसंगमात्र रहन्छ । चलचित्र बितरक चलचित्र प्रदर्शनको आधिकारिक संस्था हो । चलचित्र, चलचित्र घरमा प्रदर्शन गर्ने नगर्ने सम्पूर्ण अधिकार चलचित्र बितरकमा निहित रहन्छ । कानुनतः चलचित्र प्रदर्शकले चलचित्रको व्यवसायिक विषयमा सम्बन्धित चलचित्र वितरकसंगमात्र सरोकार राख्दछ । चलचित्र निर्माण पक्षको व्यवसायिक प्रतिनिधि चलचित्र वितरक हो ।’
‘पूर्ण बहादुरको सारङ्गी’को उच्चतम कलेक्सनमा चलचित्र प्रदर्शकको समेत महत्वपूर्ण योगदान रहेको कुरा समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ । आफ्ना सदस्यहरुको मानमर्दन हुने कार्य र अपमान संघलाई कदापि सह्य नहुने भन्दै बिज्ञप्तीमा प्रदर्शकसंग कुनै किसिमको गुनासो भए बितरक मार्फत प्रस्तुत हुन समेत आग्रह गरिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
