Mansara

‘ह्रस्व दीर्घ’मा जोडिए प्रशान्त, संचिता, किरण र बुद्धि

२०८० पौष ९
‘ह्रस्व दीर्घ’मा जोडिए प्रशान्त, संचिता, किरण र बुद्धि

अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कालाकार लाइनअपमा थप चार कलाकार जोडिएका छन् । चलचित्रमा प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका छन् ।

हाल चलचित्रको चितवनमा धमाधम छायाँकन भइरहेको छ । हालसम्म ५५ प्रतिशत छायाँकन सकिएको जानकारी निर्माण पक्षले दिएको छ । चलचित्रमा नीता ढुँगाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने भारतीय कलाकारहरु ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ ।

चन्द्र पन्तको निर्देशन रहेको चलचित्र चार सेड्यूलमा छायाँकन भइरहेको छ । यसअघि भारतका विभिन्न शहरहरुमा छायाँकन गरिएको थियो । चलचित्रलाई नेपाल तथा भारतका मुख्य भाषाहरुमा रिलिज गरिने बताइएको छ । भारतमा भने चलचित्र ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुनेछ ।