दर्शकको मन जित्दै ‘जन्ते बाख्रो’को ट्रेलर
चलचित्र ‘जन्ते बाख्रो’को ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ । कमेडी जनराको चलचित्रको ट्रेलरलाई युट्युवमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
रमाइलो ट्रेलर भन्दै दर्शकहरुले चलचित्रले हसाउने प्रतिक्रिया ब्यक्त गरेका हुन् । केही दर्शकहरुले ट्रेलरमा समावेश सम्वादहरुको समेत तारिफ गरेको देखिन्छ । सामाजिक कथावस्तु उठाएको चलचित्रको प्रस्तुति कमेडी शैलीमा रहेको देखिन्छ । निर्देशक सिमोस सुनुवारले चलचित्र लभस्टोरी र कमेडीको कम्प्याक्ड प्याकेज भएको जनाएका छन् ।
प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।
सन्तोष गौतमको लगानी रहेको चलचित्र जेठ २३ गतेबाट प्रदर्शन हुँदैछ । पछिल्लो समेय कमेडी जनराका चलचित्रहरु नआइरहेको अवस्थामा यसले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गर्न सकिन्छ । मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी र सुनिल शिवभक्तिको सम्पादन छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
