पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’, प्रकाश सुवेदीलाई सम्मान
अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ । उपचारको क्रममा गतबर्ष निधन भएकी मोडल निशा घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको हो । त्यस्तै, घिमिरेको उपचारमा ५० लाख बढि खर्च गरेको नर्भिक इन्टरनेशन अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचार सहयोग र कोषमा रकम सहयोगको लागी रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्दारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान प्रदान गरिएको छ ।
‘निशा घिमिरे स्मृति कोष’का संयोजक दुर्गानाथ दाहाल, नेपाली प्रथम नायिका भुवन थापा चन्द, बरिष्ठ अभिनेत्री मिथिला शर्मा बोहरा लगायतको उपस्थितीमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी जनही रु पच्चीस हजार रहेको छ ।
कोषका संयोजक दुर्गानाथ दाहालले उपचारकै क्रममा निशाको निधन भएपछि उनको उपचारकै लागि भनेर उठेको रकमलाई नै स्मृति कोषमा जम्मा गरि त्यसबाट प्राप्त हुने ब्याजबाट पुरस्कार तथा सम्मान प्रदान गरेको बताए । उनले आफ्नो नेतृत्वमा रहेको नवजीवन परोपकार समाजले निशाजस्तै धेरैको उद्दार, उपचार तथा व्यबस्थापन गर्दै आएको बताए । मानिस मात्र नभएर समाजले दुस्खमा परेका हरेक प्राणीको हेरचाह गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै प्रथम नेपाली नायिका भुवन थापा चन्द र बरिष्ठ अभिनेत्री मिथिला शर्माले यस प्रकारका पुरस्कार तथा सम्मानहरुले कलाकारहरु प्रोत्साहित हुने भन्दै कार्यक्रमको प्रशंसा गरे ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
