‘३६ को आँकडा’ खेल्न नेपाल आइन निरुता
चलचित्र ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । मुम्बईमा रहेकी निरुता आइतबार राती नेपाल आएकी हुन् ।
त्रिभुवन बिमानस्थलमा उनलाई निर्देशक सविर श्रेष्ठ लगायतले स्वागत गरेका थिए । निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू अत्यन्तै उत्साहित रहेको बताइन् । निरुताले भनिन् – ‘म नेपाली चलचित्रबाट टाढा बस्नै सक्दिनँ । म नेपाल गएर चलचित्र खेल्छु भन्नेमै थिएँ । केही चलचित्रबाट अफर पनि आएको थिए । तर, विभिन्न कारणले काम गर्न सकिनँ । ‘३६ को आँकडा’मा चाहिँ साइत जुर्यो । अब निरन्तर चलचित्रमा काम गर्छु ।’
चलचित्रमा निरुताको भूमिकाबारे निर्माण पक्षले जानकारी गराएको छैन । निर्देशक सविरले निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने बताए । सविरले भने – ‘कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको आवश्यकता पर्ने रहेछ । यो चलचित्रमा निरुता दिदी नै चाहिने भूमिका छ । यसैले हामीले उहाँलाई लिएका हौं ।’
चलचित्रमा निरुतासहित रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतको अभिनय रहनेछ । निरुताले रेखासँग झन्डै २ दशकपछि चलचित्रमा एकसाथ काम गर्न लागेकी हुन् । रेखा र निरुताले यसअघि १० वटा चलचित्रमा एकसाथ काम गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
