नेपाल अगावै जापानमा रिलिज हुँदै ‘निरमाया’
चलचित्र ‘निरमाया’को प्रदर्शन जापानबाट शुरु हुने भएको छ । नेपाल रिलिज अगावै यही अप्रिल २९ तारिखमा जापानको टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा चलचित्र प्रदर्शन हुँनेछ ।
जातीय छुवाछुत बिरुद्धको अभियानका रुपमा निर्माण गरिएको भनिएको यस चलचित्रलाई एनोदर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा जापानमा विशेष प्रदर्शनी हुन लागेको हो ।
पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा मदानी मुभि एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको जापान राइट्स एनोदर चान्स नेपालले खरिद गरेको छ । प्रस्तुतकर्ता अनन्त तिमल्सिनाका अनुसार जापानका बिभिन्न शहरहरुका साथै अन्य देशमा पनि चलचित्र प्रदर्शन पछि मात्र नेपालमा रिलिज हुनेछ ।
रमेश कोइरालाले निर्देशन गरेको चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
