‘आचार्य’बाट अभिनय र निर्देशनमा फर्कदै निखिल
‘एक्सन स्टार’ निखिल उप्रेती ६ वर्षपछि चलचित्र अभिनय र १० वर्ष पछि निर्देशनमा फर्कने भएका छन् । निखिलको निर्देशन तथा अभिनय रहने चलचित्रको नाम ‘आचार्य’ रहने छ । निखिलले चलचित्र विकास बोर्डबाट ‘आचार्य’को निर्माण इजाजत लिएका छन् ।
सन् २०१५ मा रिलिज भएको ‘भैरव’ पछि उनले चलचित्र निर्देशन गरेका थिएनन् । यस्तै सन् २०१९ मा रिलिज भएको ‘भिलेन’ पछि उनले ठूलो पर्दाको चलचित्रमा अभिनय गरेका थिएनन् ।
निखिलले ‘आचार्य’को निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा फिल्म दर्ता गरेका हुन् । निर्माण इजाजत लिदा उनले कलाकारमा आफू र संचिता लुइँटेलको नाम राखेका छन् । निखिल र संचिताले सन् २०१२ को चलचित्र ‘विजयपथ’ पछि एकसाथ स्कृन सेयर गर्न लागेका हुन् । यसअघि उनीहरुले ‘दाग’, ‘माया त माया हो’, ‘सम्झना’ लगायतका एकदर्जन चलचित्रमा सहकार्य गरेका थिए ।
यसअघि ‘आचार्य’ नाममा गायक भक्तराज आचार्यको बायोपिक चलचित्र बनेको थियो । उक्त चलचित्र पहिलो पटक सन् २०११ मा सार्वजनिक प्रदर्शनमा आएको थियो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
