‘प्रकाश’ बाट प्रदिप–दिया उत्कृष्ट, सर्वोत्कृष्ट चलचित्रको अवार्ड ‘ऐना झ्यालको पुतली’लाई

चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली फिल्म तर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ । नेपाली फिल्म तर्फ चलचित्र ‘प्रकाश’बाट प्रदिप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् ।
समापन कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चलचित्रको महत्वमाथि प्रकास पार्दै चलचित्रले डिप्लोम्यासी रोल खेल्ने जनाएका छन् । समापन कार्यक्रममा गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ, प्रदिप खड्का, प्रकास सायमीलगायतको उपस्थिति रहेको थियो ।
निफका अध्यक्ष केपी पाठकले निफ सफलताको कथा सुनाएका थिए । उनले आगामी निफ अझ शसक्त रुपमा सम्पन्ने गर्ने बताएका थिए । ३५ देशका ९५ चलचित्र प्रतियोगी रहेको फेष्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो ।
५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए । प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर्श क्लास सञ्चालन गरेका थिए ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal