निफको सातौं संस्करणमा ४० देशका ८८ चलचित्र
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण चैत्र पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चैत्र १ देखि ५ गतेसम्म महोत्सव हुने जानकारी दिएको हो ।
महोत्सवमा ४० देशका ८८ चलचित्र देखाइने प्रतिष्ठानले जनाएको छ । महोत्सवमा ६० देशका ५ सय बढी चलचित्र सहभागी भएको पनि जनाइएको छ । महोत्सवलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने आयोजक समितिका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
महोत्सवमा अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै विभिन्न विधामा उत्कृष्ट फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने पाठकले बताए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
