‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा ग्रामिण कथाका चलचित्र, ९ बिधामा अवार्ड दिइने
बैशाख ५ गतेदेखि गोरखाको दुर्गम लाप्राक गाउँमा हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार ग्रामिण कथाका चलचित्रलाई मात्र महोत्सवमा सहभागीता दिइएको छ ।
महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेण्ट्री फिल्म र भाषाभाषीका फिल्म गरि ३५ चलचित्र सहभागी भएका हुन् । महोत्सवका बिच ति चलचित्रहरु प्रदर्शन गरिनेछन् । महोत्सवमा जुरीको मुल्याङकनका आधारमा बेष्ट फिचर फिल्म, बेष्ट सर्ट फिल्म, बेष्ट डकुमेण्ट्री फिल्म, बेष्ट भाषाभाषीका फिल्म, वेष्ट डिरेक्टर इन फिचर फिल्म, बेष्ट एक्टर मेल इन फिचर फिल्म, बेष्ट एक्टर फिमेल इन फिचर फिल्म र जुरी अवार्ड गरि ९ बिधामा अवार्ड प्रदान गरिने छ ।
नेपालका मौलिक कथाका चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको महोत्सवमा ग्रामिण कथाका फिल्महरु प्रदर्शन गरि स्थानियहरु माझ सिनेमा संस्कारको विकास गर्ने आयोजकको लक्ष्य छ । नेपाली पन र नेपाली मनका यस्ता फिल्महरुले नेपाली फिल्म प्रति नै दर्शकको रुचि बढाउने सापकोटाको बिश्वास छ ।
राजधानीबाट समेत कलाकर्मीको टोली लाप्राक पुर्याउने तयारी गरेको आयोजकले उल्लेख्य मात्रमा स्थानियको पनि सहभागीता हुने जनाएको छ । राजधानीबाट ४ दर्जन बढी कलाकार्मी लाप्राक पुग्ने र लाप्राकका २ हजार स्थानियको महोत्सवमा सहभागीता रहने सापकोटाले जनाएका छन् ।
स्थानिय कला, संस्कृतिका साथै मौलिक कथाहरुको प्रवर्दन गर्ने लक्ष्य राखिएको महोत्सवलाई धार्चे गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष राज गुरुङले स्थानिय रुपमा संयोजन गरेका छन् । महोत्सवको सह आयोजक भ्वाइस अफ नेपाल म्युजिक इन्डष्ट्रीज हो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
