चलचित्र प्रेम दिवसको शुभमुर्हत

चलचित्र प्रेम दिवसको शुभमुर्हत गरिएइको छ । घटस्थापनाको अवसर पारेर राजधानीको मैतीदेवी मन्दिरमा सिनेमाको स्कृप्ट र क्ल्याप पुजा गर्दै शुभमुर्हत गरिएको हो ।
चलचित्रलाई योगेश घिमिरेले निर्देशन गर्ने भएका छन् भने सञ्जय न्यौपानेले निर्माण गर्नेछन् । शुभमुर्हतमा निर्देशक घिमिरे, निर्माता सञ्जय न्यौपाने, यसै चलचित्रबाट अभिनयमा डेव्यु गर्न लागेका विशाल खरेल र लेखक प्रदीप भारद्धाजको उपस्थिति रहेको थियो ।
कार्तिक ८ गतेबाट छायाँकनमा जाने चलचित्रमा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेललगायतका कलाकारले अभिनय गर्ने जनाइएको छ । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत र हरी लामाको छायाँकन रहनेछ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung