सञ्चारमन्त्रीको चेतावनी : ६ महिना नेपाली चलचित्र नचलाउने हलमा ताला लगाउने
संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले न्यूनतम १८० दिन स्वदेशी चलचित्र नचलाउने हलमा ताला लगाइदिने चेतावनी दिएका छन् । चलचित्र विकास बोर्डको १९ औं बार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री बाँस्कोटाले यस्तो चेतावनी दिएका हुन् ।
आजबाट आफुले नयाँ विषयको बहस शुरु गरेको भन्दै मन्त्री बाँस्कोटाले नेपाली कला, संकृती, परम्परा, नेपालको प्रकृती, सभ्यता, संसकार लगायत अनुपम प्राकृतिक चिजहरुको रक्षा हुनु पर्छ भनेर सबैले भन्ने गरेको तर यससँग सम्वन्धित रहेर बनेका चलचित्र हलमा जान नपाउने गरेको बताए । उनले यसबारे कुनै कानुनी व्यवस्था नरहेको भन्दै अब कानुन बनाएरै त्यसलाई व्यवस्थित गर्ने जनाएका छन् । उनले अब हल मालिकहरु तयार हुनुपर्छ भन्दै आफ्नो देशको चलचित्र चले पनि नचले पनि कम्तिमा ६ महिना हलमा लगाउनै पर्ने व्यवस्था गर्ने समेत बताएका छन् ।
चलचित्र जात्रै जात्राले राम्रो व्यापार गरिहेको बेला भारतिय चलचित्र भारत बुधबार नै प्रदर्शन गरिएको प्रति घुमाउरो शैलीमा आलोचना गरेका मन्त्री बाँसकोटाले नेपाली कलाकारको सबै नराम्रो देख्ने अनि विदेशी कलाकारलाई आदर्श मानेर नेपाली चलचित्र क्षेत्रको रक्षा हुन नसक्ने जनाएका छन् ।
मन्त्री बाँसकोटाले न्यूनतम १८० दिन नेपाली चलचित्र नचलाउने हो भने त्यो हलमा ताला लगाइदिने कानुनी व्यवस्था गर्न लागेको जनाए । बाँकी ६ महिना भने विदेशी चलचित्र चलाउन हलसञ्चालकलाई छुट रहेको जनाए । उनले हलवालाले यसको विरोध गर्दै ताला लगाए भने सरकारले ताला खोलेरै चलाउने समेत जनाए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
