चलचित्र ‘गुनगुन’को गीत ‘चम्क्यो तारा’ सार्वजनिक
कार्तिक ३० गते रिलिज हुने चलचित्र ‘गुनगुन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘चम्क्यो तारा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुईटेल र सन्नी ढकाललाई फिचर्ड गरिएको छ । संचिता र सन्नीको प्रेमभावलाई सार्वजनिक गीतमा चित्रण गरिएको छ । सार्वजनिक गीतमा विकास चौधरीको संगीत, प्रदीप भट्टराई शब्द तथा मेलिना राइ र दौलत राइको स्वर छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
चलचित्रमा संचिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई, नायक सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
प्राथना फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
