शुक्रबार जापान जाँदै ५० कलाकर्मी
भुषाललाई लाइफटाइम, केसीलाई कलाकारिता सम्मान, तिमिल्सेना र पौडेललाई पत्रकारिता पुरस्कार
अभिनेत्री बसुन्धरा भुषाललाई सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मानित गरिने भएको छ । बिगत पाँच दशक देखि नेपाली कला तथा चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री भुषाललाई आईतबार जापानको टोकियोमा हुने कार्यक्रमका बिच अवार्ड प्रदान गरिन लागेको हो ।
यस्तै तीनदशक देखी निरन्तर क्रियाशिल अभिनेता भुवन केसीलाई सूर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मान गरिने कार्यक्रम संयोजक नरेश भट्टराईले जानकारी दिएका छन् । जापानको टोकियोमा रहेको नाकानो जेरो हलमा आईतवार आयोजना हुने अवार्ड समारोह बिच दुई पत्रकारलाई पत्रकारिता पुरस्कार समेत प्रदान गरिने भएको छ ।
डेढ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार सामिप्यराज तिमिल्सेनालाई सूर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८ र एक दशकभन्दा लामो समय देखि फोटो पत्रकारितामा सक्रिय श्रीधर पौडेललाई सूर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गरिने आयोजक सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । समारोहमा चलचित्रका ६ विधा र गायनका ६ विधामा गरि १२ बिधामा अवार्ड प्रदान गरिने छ ।
कार्यक्रम संयोजक भट्टराईका अनुसार अवार्डमा सहभागी हुन शुक्रबार दिउसो १ बजे थाई एयरको बिमान मार्फत कलाकारहरु जापान प्रस्थान गर्नेछन् । टोलीमा बसुन्धरा भुषाल, भुवन केसी, आर्यन सिग्देल, प्रदिप खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह, पुजा शर्मा, सुदर्शन थापा, प्रदिप भट्टराई, सन्दिप क्षेत्री, जीतु नेपाल, प्रशान्त ताम्राकार सहित ५० जना कलाकर्मी रहने भट्टराईले जनाएका छन् । त्यसो त कार्यक्रममा लैजान खोजीएका केही चर्चित कलाकारलाई समेत जापानले भिषा नदिएको बारे भट्टराईले अनभिज्ञता प्रकट गरे ।
कार्यक्रम संयोजक नरेश भट्टराई
स्थानिय समय अनुसार ६ बजेबाट कार्यक्रम शुरु हुने छ । कार्यक्रममा नेपालबाट गएका कलाकारहरुले विभिन्न प्रस्तुती समेत दिने भएका छन् । सन्दिप क्षेत्रीको कमेडी देखि केही नृत्य र गीतहरु प्रस्तुत हुने भट्टराईले बताएका छन् । मनोरञ्जनात्मक प्रस्तुति सहित ३ घण्टाको कार्यक्रम तय भएको छ । भट्टराई र जीतु नेपालले कार्यक्रम सञ्चालन गर्नेछन् ।
अवार्डमा सहभागी हुन जाने कलाकर्मीहरु १९ तारिखमा स्वदेश फर्कने कार्यक्रम छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
