Mansara

नेपाल अफ्रिका फिल्म फेस्टिबलमा कुईनेटो र ऐना उत्कृष्ट

२०७९ जेष्ठ १८
नेपाल अफ्रिका फिल्म फेस्टिबलमा कुईनेटो र ऐना उत्कृष्ट

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ सम्पन्न भएको छ । ३ दिन सम्म चलेको फेस्टिवलमा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म  ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।

यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् ।

महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र राईजबाट ऋषीराज आचार्यले हाँसिल गरे । राईज चलचित्रबाटै गजित बिष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसी प्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाईलको अवार्ड हाँसिल गरे ।

यस्तै उत्कृष्ट स्कृप्ट राईटिङको अवार्ड पुरुष्षोतम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सह अभिनेताको अवार्ड के.डी प्रसितले चलचित्र ‘थर्ड आई’बाट हाँसिल गरे । चलचित्र ‘द ब्लाक कर्नर’बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशन तर्फको जुरी अवार्ड, चलचित्र ‘शँका’ बाट सुमन दाहालले उत्कृष्ट ‘सोसियल म्यासेज फिल्म’को अवार्ड प्राप्त गरे ।

यसैगरी कार्यक्रममा चलचित्र द डटरबाट राजेन्द्र बजगाईंले उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक निर्देशनको अवार्ड, द डटरबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जिते । द डटर चलचित्रबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाईनको अवार्ड प्राप्त गरिन् । महोत्सबमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दाशको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ ।

महोत्सबको निर्णायकहरुमा अग्रज संगीतकार जुगल डँगोल, अभिनेताहरु प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरी थिए । महोत्सबमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । यी सबै चलचित्र महोत्सबमा प्रदर्शन गरियो ।

Mahajatra