Mahajatra

रोजमा काटियो प्रताप दासको सिन !

२०७५ भाद्र २०

नेपाल आइडलको मञ्चमा जब प्रताप दासले गीत गाउथे धेरैले उनलाई हिरो नै भन्थे । सबैभन्दा धेरै त निर्णायक न्यूह बज्राचार्यले नै उनलाई हिरो भने होलान ।

हो त्यही मञ्चबाट चर्चामा आएका हुन प्रताप । हुन त प्रतापले नेपाल आइडलमा सहभागी हुनु अघि पनि केही चलचित्रमा पाश्र्व गायन नगरेका होइनन् तर पनि उनी नोटिस हुन सकेका थिएनन् । नेपाल आइडल पछि उनी एकाएक चर्चामा आए । आइडलको रेकेण्ड रनरअप भएपछि त उनी देशविदेश सांगीतिक कार्यक्रममा व्यस्त छन् ।

पछिल्लो समय चर्चामा रहेको चलचित्र रोजीमा समावेश फूल हैन बोलको गीत प्रतापले नै गाएका हुन । त्यसैले उनी अघिल्लो साता चलचित्र रोजको टिमसँगै मोफसल टुरमा निस्किए ।

पोखराबाट सुरु भएको प्रमोशनल टुरमा कलाकारहरु बुटवल, चितवन, इटहरी, धरान, दमक र बितामोड सम्म पुगेका थिए । इटहरीमा कन्सर्ट सुरु हुनु अघि पत्रकार भेटघाट थियो । जहाँ सञ्चारकर्मीहरुले प्रतापलाई सोधे चलचित्र रोजमा तपाईको स्वर मात्र कि अभिनय पनि ? यो प्रश्नले प्रताप केहिबेर रोकिए । उत्तर दिनुपुर्व छेउमै रहेका नायक प्रदीप खड्का तर्फ हेरे अनि भने – ‘सुटिङ भएको थियो तर मेरो सिनमात्र काटियो’ । यति भनि सक्दा उनी आफ्नै शैलीले मुस्कुराए ।

त्यसो त उनले चलचित्रमा काम गर्ने आफ्नो इच्छा खुलेरै व्यक्त गरे । ‘यदि राम्रो चलचित्रका लागी अफर आउँछ भने म गर्न तयार छु, किनकी मलाई पहिले देखी चलचित्रमा अभिनय गर्ने इच्छा छ’, प्रतापले भने ।