११औं नेपाल–अफ्रिका फिल्म फेस्टिबल सम्पन्न
‘११औं नेपाल–अफ्रिका फिल्म फेस्टिबल २०२३’ सम्पन्न भएको छ । तीनदिन सम्म राजधानीको नाचघरमा चलेको फेष्टिवला विभिन्न विधामा अवार्ड प्रदान गर्दै सोमबार बेलुका सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय पानारोमा तर्फ ११ देशका १० वटा अफ्रिकन र राष्ट्रिय पानारोमा तर्फ १२ वटा लामा–छोटा चलचित्रमा प्रदर्शन गरिएको थियो । महोत्सवमा अन्तर्राष्ट्रियतर्फ सार्वोत्कृष्ट फिचर चलचित्रको अवार्ड लिसिनियो एजेभेदो निर्देशित मोजाम्बियाको चलचित्र ‘द ट्रेन अफ साल्ट एन्ड सुगर’ले जितेको छ । यस्तै, बेस्ट डकुमेन्ट्रीको अवार्ड जिम्बावेको वृत्तचित्र ‘कलिङ द डेड’ले जित्यो भने बेस्ट सर्ट चलचित्रको अवार्ड केन्या र जर्मनको कात्जा बेनरज निर्देशित सर्ट चलचित्र ‘वाटु वाटो’ले जित्यो । घानाको सर्ट चलचित्र ‘या’ बाट निर्देशक इसी ह्यामोहले जुरी अवार्ड जितिन् । फेष्टिवलमा अन्तराष्ट्रिय निर्णायकमा अभिनेता आर्यन सिग्देल, चलचित्र निर्देशक सुदर्शन थापा, पत्रकार पारस प्रकाश नेपाल, गायिका तथा आदिवासी संगीतविज्ञ झुमा लिम्बु र अभिनेता, गायक तथा फेसन टोक्नोलोजी विशेषज्ञ फुपु तेन्जिङ शेर्पा थिए ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्ड र बिलक्षण क्रियसन प्रालिको सहआयोजनामा सम्पन्न समारोहमा राष्ट्रिय पानारोमा तर्फ चलचित्र प्रकाशबाट दिनेश राउतले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जिते । प्रकाशबाटै विकास सुवेदीले सर्वोत्कृष्ट लेखकको अवार्ड, प्रकाश चलचित्रकै मान्छे मान्छे‘ गीतबाट एलिस कार्कीले सर्वोत्कृष्ट संगीतकारको अवार्ड हाँसिल गरे ।
यस्तै, सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र प्रेमगन्जबाट तेज गिरीले हाँसिल गरे । सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र भाग्यबाट अभिनेत्री निता ढुंगानाले जितिन् । गीति चलचित्र भाग्यले जुरी अवार्ड पायो भने भाग्यबाटै रोशनकुमार श्रेष्ठले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हाँसिल गरे । चलचित्र भाग्यबाट अभिनेतातर्फको जुरी अवार्ड अभिनेता यसराज (सुरज) गराचले प्राप्त गरे । भाग्यबाटै सहअभिनेताको अवार्ड सुनिल कटुवालले प्राप्त गरे । यस्तै, सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र परिवारबाट बसुन्धरा भुसालले हाँसिल गरिन् । महोत्सवमा सर्वोत्कृष्ट छायांकनको अवार्ड चलचित्र हुक्काबाट कृष्णबहादुर थापाले, सर्वोत्कृष्ट सम्पादकको अवार्ड चलचित्र परिवर्तनबाट वीरेन्द्र भाट विपीनले प्राप्त गरे ।
यस्तै, नेपालीतर्फ नै बेस्ट सर्ट फिल्मको अवार्ड प्रधुम्न मिश्र निर्देशित लोकेसन नेपालको चलचित्र दुविधाले पायो भने बेस्ट डक्युमेन्ट्रीको अवार्ड वृत्तचित्र डेडिकेसन (समर्पण)बाट निर्देशक रोशनी केसीले हाँसिल गरिन् ।
स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा नेपाल फिल्म क्याम्पसका सामलकुमार बज्राचार्यले चलचित्र ‘हावाम्यान’बाट बेस्ट स्टुडेन्ट फिल्मको अवार्ड जिते ।
महोत्सवको दोस्रो दिन वीरेन्द्र हमालले माइम एक्टसम्बन्धी विभिन्न १८ जना विद्यार्थीलाई एक दिवसीय अभिनय प्रशिक्षण दिए । महोत्सवमा नेपाली सर्ट फिल्मको अन्तर्राष्ट्रिय बजार विषयमा भएको अन्तक्र्रियामा चलचित्र विकास बोर्ड सदस्य राजु केसी, यस महोत्सवका कोअर्डिनेटर चिरञ्जीवी गुरागाईं, निर्देशक तथा समीक्षक मनोज पण्डित, सर्ट फिल्म निर्माता सुशान्त श्रेष्ठले नेपाली सर्ट फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा कसरी पु¥याउने भन्ने विचार राखे । अन्तक्र्रियालाई सञ्चारकर्मी विष्णु सुवेदीले सहजीकरण गरेका थिए ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
