निर्देशनमा डेब्यु गर्दै कलाकार श्रेष्ठ, चलचित्रको नाम ‘लुसु’
कलाकार नवराज श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने चलचित्रको नाम ‘लुसु’ राखिएको छ ।
दि पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता शेखर लामा रहेका छन् । निर्माताले चलचित्र निर्माणका लागि गत विहिबार चलचित्र बिकास बोर्डबाट इजाजत समेत प्राप्त गरिसकेका छन् ।
पदम बिश्वकर्माको कथा रहेको चलचित्र सामाजिक कथाको रहने छ । नेपाल र अमेरिकामा छायाँकन हुने चलचित्रको यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको छ । फागुनबाट चलचित्रको छायाँकन थाल्ने निर्माण पक्षको तयारी छ । चलचित्रको मुख्य कलाकार तथा प्राबिधिकहरु केही दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले जनाएका छन् ।
अभिनयबाट संगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्ने श्रेठले जनाएका छन् । उनले चलचित्रको कथा सुन्दा यो कथा आफैले भन्नु पर्छ भन्ने महशुस भएर निर्देशनमा आउन लागेको जनाए ।
सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा शुरु गरेका श्रेष्ठले ‘जन्मभूमी’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । यस्तै थुप्रै म्युजिक भिडियो तथा बिज्ञापनमा पनि श्रेष्ठले अभिनय गरेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


