असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ घोषणा

२०८२ आषाढ १६
असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ घोषणा

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’को रूपमा मनाइने घोषणा गरेका छन् । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार यसको औपचारिक घोषणा गरिएको हो ।

२०२२ साल असोज १५ गते नेपालमा बनेको पहिलो चलचित्र आमा प्रदर्शन भएको थियो । त्यही मितिलाई आधार मानेर उक्त दिनलाई ‘राष्ट्रिय चलचित्र दिवस’ घोषणा गरिएको हो । असार १३ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मन्त्री गुरुङले जनाए ।

यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिए पनि प्रभावकारी कार्यन्वयन भएको थिएन ।