‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
चलचित्र ‘शाम्बाला’ले उत्कृष्ट चलचित्रको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेको छ । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार– २०८२ मा ‘शाम्बाला’ले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको हो । यही चलचित्रबाट मीनबहादुर भामले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।
सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित पुरस्कार प्रदान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बिभिन्न बिधामा उत्कृष्ट चलचित्रकर्मीलाई अवार्ड प्रदान गरे ।
कुल ९ बिधामा प्दान गरिएको अवार्डमा विजय बराल र उपासनासिंह ठकुरी क्रमशः उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बरालले सर्वकालिन ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेता र ठकुरीले ‘खुस्मा’बाट सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरे ।
त्यस्तै, लेखनमा चलचित्र ‘छक्का पञ्जा ५’बाट दीपकराज गिरी, सम्पादनमा ‘पूजार सार्की’बाट भरत रेग्मी उत्कृष्ट र छायाँकनमा ‘पिताम्बर’बाट पुरुषोत्तम प्रधान उत्कृष्ट घोषित भएका छन् । निर्णायक समितिप्रोत्साहन पुरस्कार (जुरी अवार्ड) ‘पूजार सार्की’बाट अभिनेता प्रदीप खड्कालाई प्रदान गरियो । यस्तै आदिवासी मातृभाषी चलचित्रतर्फको अवार्ड नेवारी भाषाको ‘गालय् वन’ले प्राप्त गरेको छ । सबै विधाका बिजेतालाई ट्रफी र प्रमाणपत्र सहित नगद २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
समारोहमा बिशेष चलचित्रको अवार्ड पनि प्रदान गरियो । यस वर्ष लिम्बू भाषाको ‘चे’ र मगर भाषाको ‘दिलसरा’ले विशेष चलचित्र पुरस्कार पाएका छन् । यी दुई चलचित्रले सबटाइटलको लागि बोर्डबाट २/२ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै यस वर्षको चलचित्र दीर्घ साधना सम्मान नगद ३ लाख ७५ हजार राशीसहित निर्देशक लक्ष्मीनाथ शर्मालाई अर्पण गरियो । यस्तै प्राविधिक स्व. श्रवण मास्केलाई मरणोपरान्त ५० हजार नगद सहितको विशेष योगदान सम्मान पनि प्रदान गरियो ।
कार्यक्रममा बिभिन्न १० व्यक्तिलाई विशेष योगदान सम्मान प्रदान गरिएको छ । जसमा प्रेम सुब्बा (कलाकार), देविका वन्दना (गायिका), दीर्घ गुरुङ (छायाँकार), अनुप बराल (कलाकार तथा निर्देशक), परशुराम चौधरी (कलाकार तथा निर्देशक), सुरक्षा पन्त (कलाकार), नकिम उद्दिन (प्रदर्शक), उत्तम केसी (कलाकार), अन्जु रञ्जितकार (कलाकार) र निखिल उप्रेती (कलाकार तथा निर्देशक)लाई सम्मानित गरिएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
