बिभिन्न श्रष्टालाई नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान

२०७९ माघ ८
बिभिन्न श्रष्टालाई नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरुको भाषा, संस्कृति, गीत, संगीतको एकता नै नेपाली संगीतको राष्ट्रिय स्वरुप भएको बताएकी छिन् ।

शुक्रवार राष्ट्रपति निवास शितल निवासमा आयोजित नातिकाजी संगीत पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली समाजको विविधतालाई लोक संस्कृति, गीत र संगीतले एक ढिक्का बनाउन सघाएको धारणा व्यक्त गरिन् ।

उक्त अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान–२०७८’ प्रदान गरिएको थियो ।

एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८’ प्रदान गरियो ।

समारोहमा देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ प्रदान गरियो भने कार्यक्रममा सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ र रविन कार्कीढलीलाई ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार’ दिइयो ।

समारोहमा पत्रकार कुबेर गिरी तथा डब्बु क्षेत्रीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार दिइयो ।

कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको रहेको चर्चा गरे ।