Khusma
Devi
Rawayan

राजेश हमालले खेल्ने ‘नरसिंहाः अवतार’ निर्माणको घोषणा

२०८१ श्रावन २४
राजेश हमालले खेल्ने ‘नरसिंहाः अवतार’ निर्माणको घोषणा

महानायक राजेश हमालको अभिनय रहने चलचित्र ‘नरसिंहाः अवतार’ निर्माणको घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

रातो र निलो रङ प्रयोग गरिएको पोस्टरले युद्धको सङ्केत गरेको छ । नरसिंहाको अर्थ भगवान विष्णुको उग्र अवतार हो । नरसिंह रूप यो दश अवतार मध्ये चौथो अवतार हो । नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए । दैत्य हिरण्यकश्यपले भगवानसँग तपस्या गरेका थिए र चलाखीपूर्वक वरदान मागेका थिए । त्यसपछि सबै देवताहरूले शिवको शरण लिए र नरसिंहको क्रोध शान्त गर्ने कुरा गर्न थाले । नरसिंहको क्रोध शान्त गर्न शिवले सर्वेश्वरको अवतार लिनु परेको थियो । दुवैबीच १८ दिनसम्म युद्ध चल्यो र १८औँ दिनमा भगवान नरसिंहले थाकेर आफ्नो प्राण त्याग गरेका थिए ।

शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लगाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।

दिवाकर भट्टराईले निर्देशन गर्न लागेको यही चलचित्रबाट महानायक हमालले कमब्याक गर्दै छन् ।  महानायक हमाल लामो समयको ब्रेकपछि फिचर चलचित्रमा अभिनय गर्ने निर्णयमा पुगेका हुन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा खुलाइए पनि निर्माणपक्षले कथाबारे केही जानकारी गराएको छैन । हमालको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को–को हुन्, निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही खुलाएका छैनन् । थिम पोस्टर पनि यसमा मौन छ । चलचित्रको लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ ।