Mansara

कस्ले पो देख्छ र मनको पहिरो

२०७६ फागुन ६
कस्ले पो देख्छ र मनको पहिरो

नरेश भट्टराई, परिचयका लागि नाम नै काफी छ । बोलिका बादशाह, उनको बोलीमा धेरैले बिश्वास गर्छन । त्यसैले त चलचित्र क्षेत्रका अक्सर कार्यक्रमका उद्घोषक नरेश नै हुन्छन् । यो त कर्म हो गर्नै पर्छ । तर, कुनै दिन त्यही नियमित कर्म पनि कति भारि भइदिन्छ । परिस्थितिले जीवनकै कठिन कर्म बनाइदिन्छ । तर, जसले परिस्थितिलाई जित्छ त्यसैले सफलता पाउँछ । नरेशले पनि जीवनको कठिन परिस्थितिलाई जितेर आफ्नो कर्म गरेका छन् ।

आफ्नो प्रियजनलाई अस्पतालको सघन उपचार कक्ष (आइसियूमा) राखेर माइक्रोफोनको साथ उभिएका छन् । उही हाँसो, उही बोली, उही लवज, उही चाल, आफ्नो बोलीमा पिडाको छनक देखाएनन् । तर, पिडा कतिन्जेल लुक्न सक्छ र ? थाहै नपाई आँसु बनेर बगिसकेछ ।


चार दाजुभाई – बायाबाट क्रमश स्वर्गिय गणेश, कुमार, अरुण र नरेश


सधै माइकमा रमाउने नरेश त्यो समयमा माइकमा बोल्न सक्ने परिस्थिति नै थिएन । उनले आयोजकलाई आफ्नो परिस्थिति सुनाए । नरेश सम्झन्छन् आयोजकले उनी बिना कार्यक्रम खल्लो हुने भन्दै सके सम्म आइदिए हुन्थ्यो भन्ने अप्रत्यक्ष दबाब नै दिए । नरेशलाई पनि व्यवसायिक धर्म निभाउनु पनि आफ्नो धर्म हो भन्ने नलागेको होइन । तर, अवस्था सहज थिएन । यद्यपी उनले दाजुलाई अस्पतालको आइसियु मै राखेर करिब १० वटा कार्यक्रम उद्घोषण गरे ।

कुरा गत वर्षको हो । माघ १२ गते पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिक बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराई सवार जीप दुर्घटनामा पर्यो । सँगै रहेका शशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भयो । नरेशका दाजु गणेश गम्भिर घाइते भए । स्थानिय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरियो । त्यो रात नरेशसँगै परिवारका सबै सदस्य जागाराम नै रहे । भोलिपल्ट हेलिकप्टर मार्फत सिधा ग्राण्डी अस्पतालमा ल्याइयो । आइसियुमा राखेर उपचार शुरु भयो । काठमाडौंमा नै रहेका नरेश अस्पतालै थिए । दाजुको दुर्घटनाको खबरले परिवारमा गहिरो चोट परेको थियो । मन भित्र पिडा त गहिरो थियो तर, देखाउन मिल्ने अवस्था थिएन । अरुलाई सम्हाल्न पनि पहिला उनी आफै सम्हालिन पर्थ्यो । जति रोक्न खोजे पनि आँखा रसाई हाल्थे । उनी आफैलाई सम्हाल्ने कोसिस गर्थे ।

दाजुसँगको उनको निकटता गजबकै थियो । जब नरेश केही गर्न खोज्थे सबैभन्दा पहिला उनै दाजुको साथ मिल्थ्यो । कामको कुरा आउँदा गणेशनै अग्रपत्तिमा उभिएर सपोर्ट गर्थे । हौसला दिन्थे । नरेशका लागि प्रेरणाका स्रोत बनेर बसे । नरेशले केही समस्या पर्यो पहिला दाजुलाई भन्थे । दाजुले पनि भाइलाई साथै दिदै भन्थे – ‘त तेरो काममा अघि बढ्नु, घरको चिन्ता नगर म सम्हाल्छु ।’

माघ १३ गते चलचित्र ‘सम्हालिन्छ कहिले मन’ निर्माण घोषणाका कार्यक्रम थियो । कार्यक्रम स्थलमा पत्रकारहरु उपस्थित भइसकेका थिए । निर्धारित समयमा कार्यक्रम शुरु हुन सकेन । कार्यक्रम सञ्चालनको जिम्मा लिएका नरेश अस्पतालमै थिए । दाजुलाई नदेख्दा सम्म अस्पताल ल्याएपछि दाजुलाई ठिक भइहाल्छ भन्ने थियो । त्यसैले उनले कार्यक्रम सञ्चालन गर्न आउन नसक्ने कुरा आयोजकसँग गरेका थिएनन् । जब दाजुलाई देखे उनलाई त्यो कुरा गर्ने हेक्का नै भएन । निर्धारित समयमा आयोजकको फोन आयो । आयोजक भन्थे हामी तपाईलाई कुरेर बसेका छौं । अहिले नै अर्को बिकल्प भेटाएनौं । झण्डै डेढ घण्टा ढिलो भइसकेको थियो । आयोजकले उनलाई भने हामी तपाईलाई कुरेर बसेका छौं । अब भने नरेशले धर पाएनन् । कार्यक्रम सञ्चालनका लागि आउनै पर्ने भयो । त्यतिबेला दाजुलाई अप्रेसनका लागि अप्रेसन थियटरमा लगिएको थियो । नरेशले आफ्ना अर्का दाजुसँग सल्लाह गरे । पहिला नै बचन दिएको कार्यक्रम छ । आयोजकले फोनमा गरेको कुरा पनि बताए । अनि सोधे म के गरौं ? यति भन्दै गर्दा नरेशका आँखाबाट आसु आइरहेका थिए । त्यो देखेर दाइले सोधे – सक्छस् ? नरेशले आँखा पिलपिल गर्दै भने – जस्तो हुन्छ म पुगेपछि गर्छु । दाईको सहमति लिएर उनी कार्यक्रमस्थल तर्फ हिडे । कार्यक्रमको बारेमा सोच्नुपर्ने नरेशको मनमा अनेक कुराहरु खेलिरहेका थिए । बिच बाटोमा आएपछि उनले मन बलियो बनाए । अनि आफुले आफैसँग कमिण्टमेण्ट गरे पत्रकार सम्मेलन मेरो होइन, अरुको काममा मैले मेरो आँसु देखाउनु हुँदैन । नभन्दै दुई घण्टा ढिला शुरु भएको कार्यक्रममा नरेश सदा झै प्रस्तुत भए । उही हाँसो, उही ठट्टा, आफ्नो पिडा रत्तिभर देखाएनन् । तर, कार्यक्रम सकिनै लाग्दा उनले आफ्नो दाजु सवारी दुर्घटनामा परि अचेत रहेको भन्दै सबैलाई मनबाटै सिघ्र स्वास्थ्य लाभको कामना गरिदिन आग्रह गरे । जब नरेशले यसो भनिरहेका थिए, तब उनको आँखाबाट आँसु आउन थाले । मन भक्कानिएर आयो । खुट्टा काम्न थाल्यो । आफैलाई सम्हाल्न गाह्रो भयो ।

कहिले काँही मान्छे परिस्थितिको दासी भइदिन्छ । बाध्यताका अघि लाचार बनिदिन्छ । तर, नरेश लाचार बन्न चाहेनन्, परिस्थितिको दासी बन्न चाहेनन् । मनले त उनलाई कम्तिमा १३ दिन सम्म परिवारकै साथमा बस्न पर्छ भन्थ्यो । मनले समाजले के भन्ला भन्ने सोच्थ्यो । व्यक्तिगत दुःखको कुरा गर्थ्यो । हुँदैन यही दुःखमा बस्नुपर्छ भन्थ्यो । भोलि परिवार कै सदस्यले पनि यस्तो बेला पनि गइस भन्लान कि भनेर मन डराउथ्यो । तर, दिमागले हैन तैले कर्म गर्न पर्छ भन्थ्यो ।

नरेशले केही कलाकारहरुको जीवनी पढ्दा यस्तो अवस्थाको बारेमा पढेका थिए । अरुको यस्तो कुरा सुन्दा कसरी गर्न सके होला र ? भन्ने प्रश्न आउथ्यो मनमा । कुनै बेला उनी सोच्थे यो मान्छेलाई आफ्नो काम कति प्यारो । यस्तो पिडामा, दुःखमा पनि परिवारलाई समय दिन नसक्ने कस्तो स्वार्थी । तर, जब नरेश आफैले भोगे अनि बुझे व्यवसायिक धर्म निभाउनु पनि मानबिय धर्म हो । आफ्ना कारण अरुको काम बिग्रन दिनु हुँदो रहेनछ । नरेश भन्छन् सायद यस्तो बेला नाट्येश्वरीको शक्ति मिल्छ होला ।

जब नरेश कार्यक्रमबाट अस्पताल फर्कदै थिए । उनको मनमा केही प्रश्नहरु आए – तलाई तेरो दाईले किन सपोर्ट गरेको ? किन त बाट दाई खुशी हुने ? यस्ता यस्ता प्रश्नको उत्तर थियो तेरो सफलतामा दाई खुशी हुन्छ । त सफल हुन व्यवसायिक धर्म निभाउनु पर्छ । हुन पनि हो भाईको सफलतामा दाई निकै खुशी थिए । राम्रो गरोस्, प्रगति होस् भन्ने चाहना सधै थियो । दाईका प्रेरणादायि कुराहरु मनसपटलमा ताजा भए । उनलाई अहिले पो हेर्न र सुन्न पाउनुहुन्न तर, भोलि ठिक भएपछि मेरो भाईले यो अवस्थामा पनि काम गर्यो भनेर दाई पक्कै खुशी हुन्छन् भन्ने आत्मबोध भयो । तर, दाजु कहिल्यै फर्केनन् । उनले त्यसपछि कहिल्यै तैले गजब गरिस भन्न पाएनन् । अचेत अवस्थामै रहेका उनी फागुन ६ गते सदाका लागि बिदा भए । कहिल्यै नफर्कने गरि ।


स्वर्गिय गणेश प्रसाद भट्टराई


सधै माइकमा रमाउने नरेश त्यो समयमा माइकमा बोल्न सक्ने परिस्थिति नै थिएन । उनले आयोजकलाई आफ्नो परिस्थिति सुनाए । नरेश सम्झन्छन् आयोजकले उनी बिना कार्यक्रम खल्लो हुने भन्दै सके सम्म आइदिए हुन्थ्यो भन्ने अप्रत्यक्ष दबाब नै दिए । नरेशलाई पनि व्यवसायिक धर्म निभाउनु पनि आफ्नो धर्म हो भन्ने नलागेको होइन । तर, अवस्था सहज थिएन । यद्यपी उनले दाजुलाई अस्पतालको आइसियु मै राखेर करिब १० वटा कार्यक्रम उद्घोषण गरे ।

देशले एउटा सच्चा राष्ट्रसेवक, विकास प्रेमी सिडिओ गुमाएको थियो । मृत्यु सास्वत सत्य हो । तर, अकल्पनिय मृत्यु स्वीकार्न कठिन हुन्छ । शब्दमा भन्न नसकिने पिडा थियो मनमा । कहाली लाग्दो दर्दनाक अवस्था बाट गुज्रनु परेको थियो । ५७ वर्षको अल्पआयुमै दाजुलाई गुमाएका थिए नरेशले । भाउजुले श्रीमान, छोरा छोरीले बाबा, आमा बुबाले छोरा अनि दाई भाई, दिदी बहिनी सबैले........ ।


भट्टराई परिबार


पशुपति आर्यघाटमा गणेशको अन्तिम संस्कार गरियो । पशुपतिमै हिन्दु संस्कार अनुसार किरियाकर्म शुरु भयो । श्रद्धाञ्जली दिन आउनेहरुका शब्दले घाउलाई ओभानो हुन दिएको थिएन । सास छन्जेल त आश थियो । अब त त्यो आश पनि सकिएको थियो । घरको जेठो छोरा, सबैको भरोसा अब सदाका लागि बिलिन भइसकेको थियो । चौथो दिन नरेशको मोबाइलमा एउटा फोन आयो । जुन फोन श्रद्धाञ्जली दिनेहरुको लर्कोभन्दा नितान्त फरक थियो । नरेशले एक पेन्टस्को बिज्ञापनका लागि कमिण्टमेण्ट गरेका थिए । सुटिङ डेट भोलीपल्ट थियो । नरेशले आफ्नो परिस्थिति बताउँदै सुटिङ गर्न नसक्ने जनाए । उताबाट फोनमा भनियो – हामीलाई थाहा छ तपाई दुःखमा हुनुहुन्छ । तर, हाम्रो समस्यापनि बुझिदिनु होला । बिज्ञापनको स्कृप्ट नरेशमाथी नै लेखिएका कारण अर्को मोडल राख्न सम्भव थिएन । त्यसमाथी  एनएफडिसीमा लाखौं खर्चेर सेट लागेको थियो । उता निर्धारित मितिमा पेन्टस् कम्पनिलाई बिज्ञापन उपलब्ध गराउने सम्झौताको बाध्यता थियो मेकरसँग । अरुलाई नोक्सान नहोस् भनेर पनि नरेशले उक्त काम समयमानै गर्नु पर्ने भयो । नरेश धर्म संकटमा परे । यस्तो अवस्थामा कसरी काममा जाने ।

नरेशले गलामा भगवान गणेशको प्रतिमा लगाएका छन् । त्यसैले त अचेल माइक समात्नु अघि गलामा भएको गणेशको प्रतिमा ढोग्छन् । भगवान गणेश अनि दाजु गणेशको नाममा ।

प्रियजन गुमाउनुको पिडा एक ठाँउमा छ । अर्को तर्फ समाजबाट लाग्ने लाल्छनाको पनि ख्याल गर्नै पर्यो । वास्तविकता नबुझी धारणा बनाउने र अरुको नकारात्मक टिप्पणी गर्न चाहने व्यक्तिहरु हरेक समाजमा भाइरस झै छन् नै । त्यसैले नरेशले अरुको कथा पढेर धारणा बनाए जस्तै अरुले पनि त नरेशलाई स्वार्थी सोच्लान, कामको लागि मरिहत्ते गर्ने मान्छे सोच्लान्, पारिवारिक दुःखमा पनि परिवारलाई साथ नदिने मान्छे सोच्लान् भन्ने कुरा पनि मनमा नआएको होइन ।

कहिले काँही मान्छे परिस्थितिको दासी भइदिन्छ । बाध्यताका अघि लाचार बनिदिन्छ । तर, नरेश लाचार बन्न चाहेनन्, परिस्थितिको दासी बन्न चाहेनन् । मनले त उनलाई कम्तिमा १३ दिन सम्म परिवारकै साथमा बस्न पर्छ भन्थ्यो । मनले समाजले के भन्ला भन्ने सोच्थ्यो । व्यक्तिगत दुःखको कुरा गर्थ्यो । हुँदैन यही दुःखमा बस्नुपर्छ भन्थ्यो । भोलि परिवार कै सदस्यले पनि यस्तो बेला पनि गइस भन्लान कि भनेर मन डराउथ्यो । तर, दिमागले हैन तैले कर्म गर्न पर्छ भन्थ्यो । भोलि देखिने भनेको रिजल्ट हो । त्यही रिजल्ट सधै राम्रो होस् भन्ने कामना त तेरो दाईले गथ्यो । अहिले दुःखमा बसिर भने दुःखबाट निस्कनै सक्दैनस् । त्यसले तलाई थप पिरोल्छ भन्थ्यो । सहजै कुनै पनि समस्याबाट मुक्ति पाइदैन । समस्यासँग लड्नुपर्छ । उनी पनि मन र मस्तिष्कका तर्कहरुका बिचमा लडे । दुबैलाई तालमेल गराए । परिवारको साथ पनि छोडेनन् । भरोसा टुट्न दिएनन् । यता व्यवसायिक धर्म पनि निभाए ।

‘यसलाई धेरैले सुन्छन् । यसको कुरामा धेरैले विश्वास गर्छन । यसलाई धेरै थाहा छ, यसले धेरै कुरा गर्न जान्दछ । यो मेरो भाई हो ।’ दाईले यस्तै भनेर चिनाउथे भाइलाई ।

नरेशले हिम्मत गरे । परिवारका सदस्यहरुसँग कुरा गरे । आफ्नो बाध्यता सुनाए । आमा अनि दाईहरु कुमार र अरुणले काम गर्न प्रेरित गरे । सबैले तैले काम गर्दा दाजु खुशी हुन्छन्, काम गर भनेर सम्झाए । तलाई दाजुले यही भएर काठमाडौं ल्याएको हो । जे गर्न पनि छुट दिएको हो । त्यही भएर कुनै कुरामा रोकतोक भएन । अहिले दाजु भौतिकरुपमा नभएपनि, जहाँ भएपनि तलाई हेरिरहेको छ । तलाई आर्शिबाद दिइरहेको छ । यो तेरो परिक्षा हो । तैले राम्रो गर काममा जा, भनेर साथ पाए परिवारको । अनि आत्मविश्वास बढ्यो, नरेश काममा गए ।

काम गर्दा त्यही मन र मस्तिष्कको सन्तुलन मिलाएकै भएर होला हिजो परिस्थितिजन्य घट्नाबारे नरेशको आलोचना गर्नेहरुले अहिले भन्न थालेका छन् – यस्तो दुःखमा पनि यसले त्यस्तो गर्यो । हामी भए सक्थ्यौं । यसको आँट त मान्नै पर्छ । यो मान्छेले गरेको हो ।

नरेशका हरेक कर्ममा साथ दिएका दाजुले एक्लै भेट्दा भने कहिल्यै पनि प्रसंसा गरेनन् । तर, जब पारिवारिक माहौल जम्थ्योे, डिप्लोम्याटहरुको जमघट हुन्थ्यो अनि भाईको खुलेरै तारिफ गर्थे । ‘यसलाई धेरैले सुन्छन् । यसको कुरामा धेरैले विश्वास गर्छन । यसलाई धेरै थाहा छ, यसले धेरै कुरा गर्न जान्दछ । यो मेरो भाई हो ।’ दाईले यस्तै भनेर चिनाउथे भाइलाई । जुन कुराले नरेशलाई थप जिम्मेबार बनाउथ्यो । उनलाई हरेक पटक माइकको अघि बोल्दा मलाई धेरैले बिश्वास गर्छन भन्ने कुराले हरपल सजग बनाइरह्यो ।

नरेश अचेल हरेक कर्म दाजुलाई सम्झेर शुरु गर्छन । नरेशले गलामा भगवान गणेशको प्रतिमा लगाएका छन् । भगवान आस्था हो । तर, दाई उनका लागि भगवान थिए, भगवान बनेर बसेका छन् । दाजुको स्वर्गारोहण पछि नै हो उनले लकेट लगाउन थालेको । आफुलाई सधै दाजुको आर्शिबाद मिलोस् भनेर । त्यसैले त अचेल माइक समात्नु अघि गलामा भएको गणेशको प्रतिमा ढोग्छन् । भगवान गणेश अनि दाजु गणेशको नाममा ।