चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक
चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।
अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । ट्रेलरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्ने संवाद समावेश छन् ।
कार्यक्रममा एसिड सर्भाइभरहरु मुस्कान खातुन, जेनी खड्का र रामराजा थापाको उपस्थिति रहेको थियो । एसिड आक्रमणमा परेकी खातुनले आफुले पाएको जस्तो दुख पिडा अरुलाई नपरोश भन्नको लागि यस चलचित्रले समाजमा राम्रो सन्देश दिने बताइन । अर्की पीडित खड्काले पीडित समाजले हेर्ने नजर नै फरक भएको हुदा यस्तो नगर्न अनुरोध गरिन ।
कार्यक्रममा बोल्दै निर्देशक ढुङ्गानाले अरु कोहि एसिड आक्रमणको सिकार बन्न नपरोस् भनेर यो चलचित्र निर्माण गरेको बताए । चलचित्र भदौ ७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुदैछ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको जनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
