चलचित्र ‘नाकछोङ’को फष्टलुक्स सार्वजनिक
चलचित्र ‘नाकछोङ’ (बिजुवा)को फष्टलुक्स सार्वजनिक गरिएको छ । किरण राईको निर्देशन रहेको चलचित्रको पोष्टर सार्वजनिक गर्दै प्रचार थालिएको निर्माण टिमले जनाएको छ ।
चलचित्रको पोष्टरमा कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । पोस्टरको पृष्टभूमिमा देखिएको काठमाडौँ सहर र बिजुवा पनि समेटिएको छ ।
ज्योतिराज राई प्रस्तुतकर्ता रहेको चलचित्रमा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद पोमो, तुलशा लिम्बु, मदन खोदूङ राई, ससिता राई रसा लिम्वू, मीसन बान्तावा राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ ।
चलचित्रको लेखन समेत निर्देशक किरणले नै गरेका हुन् । पोपीराज राई निर्माता र रमु श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, राजन मुकारुङ र विष्णु किरातीको गीत, दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत र नोगेन लिम्बु र परेस राईले स्वर रहेको छ ।
निर्माता ज्योतीराजले आफ्नो परम्परा जोगाएर पुस्तान्तरण गर्नु चलचित्र निर्माण गरेको बताए । हरेक चाड, विवाह, कुलपितृ, मर्दापर्दा, रीति भेषभुषामा आवश्यक बिजुवा (नकछोङ)को संरक्षणका लागि यो चलचित्र निर्माण गरिएको उनको भनाई छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
