Mansara

संसार आफु अनुसार भन्थे, कहाँ हुँदो रहेछ र - नाजिर हुसेन, कलाकार

२०७७ भाद्र १२
संसार आफु अनुसार भन्थे, कहाँ हुँदो रहेछ र - नाजिर हुसेन, कलाकार

कलाकार नाजिर हुसेन जति राम्रो अभिनय गर्छन उत्तिनै राम्रो कबिता पनि लेख्छन् । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि उनले लेखेको कबिता केही दिन अघि सामाजिकमा भाइरल नै भएको थियो ।

साहित्यीक मनका धनी नाजिरले आफ्ना भावनाहरुलाई कवितामा व्यक्त गर्ने जनाउँछन् । केही दिन अघि टिभी फिल्मीको कार्यक्रम ‘फिल्मी बहस’मा कुरा गर्दै गर्दा नाजिरले आफ्नो जीवनको अनुभुतिलाई कविता मार्फत नै प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालक बिष्णु सुबेदीले जीवन के रहेछ भन्दा उनले जीवनको अनुभुति सहितको कबिता सुनाए थिए जुन यस्तो छ :

यदी कसैले मलाई माया के हो ? भनेर सोध्यो भने,
म एउटा सुन्दर फूल मेरो आँगनमा रोप्थे होला

यदी कसैले मलाई सम्बन्ध के हो ? भनेर सोध्यो भने
म खोलासँग सोध्थे होला, किनार सँगको सम्बन्ध

यदी कसैले जीवन के हो ? भनेर सोध्यो भने 
म स्तब्ध हुन्थे होला

हिजो जीवनको यही मोडमा
मैले मेरा आफ्नाहरु गुमाए
आज जीवनको यही मोडमा
परायाहरु गुमाउँदै छु
संसार आफु अनुसार भन्थे
कहाँ हुँदो रहेछ र

Mahajatra