‘हल्करा’ प्रदर्शन गर्दै ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ शुरु हुने
चलचित्र ‘हल्करा’ प्रदर्शन गर्दै ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२’ शुरु हुने भएको छ । जुन २३ देखि २६ सम्म संचालन हुने फेस्टिभल भौतिक तथा अनलाइन माध्यमबाट हुनेछ।
अमेरिकाको म्यारिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवको उद्घाटन्मै विक्रम सापकोटाद्वारा निर्देशित ‘हल्करा’को भौतिक प्रदर्शन हुन लागेको हो । महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८ वटा चलचित्रहरु प्रदर्शन हुनेछन् ।
प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि चल्नेछन् । महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ रुपमा कुराकानी गरिने जनाइएको छ ।
आयोजकले दिएको जानकारी अनुसार २६ जुनका दिन माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ प्रदर्शन सँगै महोत्सवको समापन हुनेछ । सोही साँझ प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत गरिने जनाइएको छ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
