‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘गाउँ आएको बाटो’बाटो र ‘द रेड सुटकेस’
‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नबीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’बाटो र फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ प्रदर्शन गरिने भएको छ ।
जुन २० देखि २३ सम्म अमेरिकाको मेरिल्यान्ड राज्यमा हुने महोत्सवको उद्घाटनमा ‘गाउँ आएको बाटो’बाटो र समापनमा ‘द रेड सुटकेस’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
सन् २०२३ मा टोरन्टो फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर गरिएको ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका फेस्टिभलमा सहभागिता जनाइसकेको छ । यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै गरेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका रहेको छ । चलचित्रले गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा पेश गर्नेछ ।
यस्तै भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गरिएको चलचित्र ‘द रेड सुटकेस’ पनि बिभिन्न फेस्टिभलहरुमा सहभागी भइसकेको छ । गत चैत अन्तिममा रिलिज भएको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठको अभिनय छ । रामकृष्ण पोखरेलले निर्माण गरेको चलचित्रले वैदेशिक रोजगारीको दुःखान्त कथा भनेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
