Mahajatra

चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक

२०७५ पौष ४
चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक

चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानमिा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी जनराको चलचित्रको ट्रेलरमा पनि दर्शकलाई हँसाउन सक्ने दृष्यहरु नै समेटिएको छ । चलचित्रलाई मिराज रोश र बिशारद बस्नेतले निर्देशन गरेका हुन ।

माघ २५ गतेबाट प्रदर्शनमा आउने छ चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, राजन खतिवडा, जयनन्द लामालगायतका कलाकारको अभिनय रहेको छ ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी र डाक्टर निराजन शर्माको लगानी रहेको छ । चलचित्रमा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निर्देशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद र विपिन मल्लको सम्पादन रहेको छ ।