‘म यस्तो गीत गाउँछु २’ को ‘आफ्नै सम्झि परेली’ सार्वजनिक
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक भएको छ । ‘म यस्तो गीत गाउँछु’ को चर्चित गीत ‘आफ्नै सम्झि परेली’ को हुक लाइन समावेश गरेर तयार गरिएको एक मिनेट ३२ सेकेण्ड लामो गीत सार्वजनिक गरिएको हो ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ । यस्तै भिडियोमा मुख्य कलाकार पल शाह र पूजा शर्माका साथै निर्देशक सुदर्शन थापाको चलचित्र हेर्न गरिएको आब्हान पनि समावेश छ ।
फागुन १३ गतेबाट प्रदर्शन हुे चलचित्रमा पुजा पलका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । सुदर्शन थापा र पूजा शर्माको निर्माण रहेको चलचित्रमा निर्देशक थापाकै कथा र शिवम् अधिकारी र दिनेश न्यौपानेले पटकथा रहेको छ ।
चलचित्रमा सौरभ लामाको छायांकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
